‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा १७ छनौट

शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी चलचित्र मध्येबाट १७ वटा चलचित्रलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण परिवेशमा बनेका चलचित्रहरू महोत्सवका लागि छनोट भएका हुन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका चलचित्रबारे जानकारी दिनुका साथै ति चलचित्रका सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै, आयोजकले जुरी टिमलाई समेत चिनाएको छ । नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन् ।
शुक्रवार र शनिवार हुने महोत्सवमा गत वर्षको हिट चलचित्र ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछ । त्यस्तै, चलचित्रहरू ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को भने महोत्सवमा प्रिमियर हुनेछ ।
महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ । त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन् । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर चलचित्र क्षेत्रमा सक्रिय ३ जना कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिवार बेलुका महोत्सव समापन हुनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal