चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुती रहने चलचित्रलाई मित्र प्रधान (नर)ले निर्माण तथा निर्देशन गर्नेछन् ।
अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार प्रधानले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेर चलचित्र निर्माण गर्न लागिएको जनाएका छन् । उनले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको जनाएका छन् ।
शिवम् अधिकारीको लेखन रहने चलचित्रको छायाँकन मंसिर ६ गतेबाट सुरु हुदैछ । पाचथरबाट सुरु हुने छायाँकन झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगायतका देशहरुमा हुनेछ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त लगायतको अभिनय रहने छ । यस्तै चलचित्रमा दिपक शर्माको संगीत, सौरब लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहने छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal