‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक
साउन २३ गतेरिजिल हुने चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा आधारित गीतको अडियोमा भने देउडा र लोक फ्लेवरको मिश्रण छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरु सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ ।
कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । राज बहादुर सानेको निर्देशन रहेको चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्मा. गरेको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई दिव्य सुवेदीले खिचेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
