‘पशुपति प्रसाद २ – भष्मे डन’को पोस्टर सार्वजनिक

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रका तीन भिन्न पोस्टर सार्वजनिक गरिएको हो ।
शुक्रबार सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । सार्वजनिक पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ ।
निर्माण टिमका अनुसार पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ – भष्मे डन’ निर्माण गरिएको हो ।
चलचित्रमा मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि बिशेष भुमिका रहनेछ । चलचित्रको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
खगेन्द्र लामिछानेले लेखेको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्र बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आउने छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal