चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त
‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दैछन् ।
निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यस चलचित्रमा स्क्रिन शेयर गर्दैछन् । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहनेछ । यसै वर्ष रिलिज लक्ष्य राखिएको चलचित्रलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन् ।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले यो चलचित्र ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने बताए । चलचित्रको विषयबारे बोल्दै उनले भने, “अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ ।”
चलचित्रमा प्रवीण खड्काको डिओपी र निमा श्रेष्ठको सम्पादन रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
