क्राइम थ्रिलर ‘देवी’मा यस्तो देखिए गौरव र नाजिर

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।
चलचित्रले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । चलचित्रकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई चलचित्रका निर्देशक हुन् ।
चलचित्रले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ। चलचित्र भदौ २१ गते रिलिज हुनेछ ।
‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्र हो । सार्वजनिक प्रदर्शनका लागि यो चलचित्रले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।
यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो चलचित्रले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।
चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । चलचित्रमा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal