‘ईश्वर’ नेपाली परिवेशको चलचित्र भएको निर्माता थापाको भनाई
व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘ईश्वर’ मार्फत निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । चलचित्रमा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय गरेका छन् ।
हरिका अनुसार चलचित्रमा काम गर्ने उनको इच्छा धेरै अघिदेखिको हो । त्यो इच्छा भने अहिले आएर ‘ईश्वर’मार्फत पुरा गरेका छन् । ‘ईश्वरको कथाले मलाई तान्यो । यो सामाजिक कथामा आधारित चलचित्र हो । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति विकृति, राजनीतिका कुरा देखाइएको छ । चलचित्रले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ’, चलचित्रबारे हरि भन्छन् ।
उनका अनुसार चलचित्रमा आर्यन केटा पात्र र मंगोलियन केटी पात्रबीचको प्रेम देखाइएको छ । ‘गुरुङ समुदायमा रहेको मामा र फुपुको छोराछोरीको प्रेम चलचित्रमा छ । दर्शकहरुले सामाजिक सन्देश पनि पाउनुहुनेछ’, उनले भने ।
चलचित्रमा पहिलो पटक लगानी गर्दा हरिलाई उनकै भनाई गाह्रो अनुभव छैन । ‘चलचित्र निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन । निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ । अहिले प्रमोसनमा पनि उत्तिकै साथ पाइरहेको छु’, उनी भन्छन् ।
हरि चलचित्र हेरिरहँदा दर्शकले आफूलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘नितान्त नेपाली परिवेशमा चलचित्र बनाएका छौं । हामी नेपाली भएर बुझ्नु पर्ने कुराहरु चलचित्रमा छ । त्यसकारणले पनि दर्शकले आफूलाई चलचित्रमा पाउनुहुनेछ’, उनी भन्छन् ।
‘ईश्वर’बाट आफ्नो लगानी उठ्नेमा हरि ढुक्क छन् । ‘लगानी नउठ्ला भन्ने डर छैन । किनभने चलचित्र, कथा, कन्टेन्ट, कलाकार सबै राम्रा छन् । दिग्गज कलाकारको अभिनयले चलचित्रको हाइप बढेको छ’, उनको दाबी छ ।
चलचित्रमा प्रेम, एक्सनदेखि चलचित्रलाई चाहिने सबै कुरा जोडिएकाले चलचित्र दर्शकले मनपराउनेमा उनी आशावादी छन् । ‘भोलिका दिनमा ईश्वरले राम्रो परिणाम ल्यायो भने चलचित्रमा लगानीको निरन्तरता दिनेछु’, उनी भन्छन् । चलचित्र ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
