‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक
साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा चलचित्रकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।
राजु गिरी निर्देशित चलचित्रको प्रस्तुतकर्ता नारायण खाती हुन् । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । निर्माण पक्षले खल्ती एपबाट चलचित्रको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
