मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला
बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला भएको छ ।
विहिवार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो ।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । यसका लागि आगामी भाद्र ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने झाले जानकारी गराए । यस वर्ष पनि मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए । यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले जानकारी गराए । ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ । जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ’ उनले भने ।
कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२३ तथा मिसेस वल्र्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताईन् । उनले मिसेस नेपाल वल्र्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताईन् । त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताईन् । ‘यो प्ल्याटफर्म नभएको भए शायद मैले यो यात्रा शूरु गर्न सक्दिनथँे होला । प्रतियोगिताको विजेता बन्नु भनेको टाईटल जित्नु मात्र नभई व्यक्तित्व विकास तथा आफूमा भएका कमीकमजोरीलाई निखार्दै अगाडि बढ्ने कला सिक्नु पनि हो’ कथ्थक नृत्यागंंना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै स्पर्धीलाई समान अवसर र तालिम दिईने गरको अनुभव भएको बताइन् ।
प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए । ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वल्र्डको अन्तराष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं । नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु । त्यस आधारमा मिसेस वल्र्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
