‘द म्यान फ्रम काठमाडौं’ यसरी हुँदैछ अन्तर्राष्ट्रिय बजारमा जाने प्रयास

निर्माता नकिम उद्दिनले चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउनुपर्छ भन्ने सोचका साथ निर्माण गरिएको बताएका छन् । उनले त्यसको प्रयास पनि भइरहेको जनाए । लेन्सनेपालसँग कुराकानी गर्दै उद्दिनले अन्र्तराष्ट्रिय बजारका लागि हलिउडका केही स्टुुडियोहरुसँग कुराकानी भइ चलचित्र पठाएको र स्टुडियोले पास गरेको खण्डमा विश्वभर प्रदर्शन हुने जानकारी दिएका छन् । यस्तै डिजिटल प्लेटफर्म नेटफिलिक्सलाई पनि चलचित्र पठाएको र यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके अन्य नेपाली चलचित्रका लागि बाटो खुल्ने विश्वास समेत लिए ।
अन्तर्राष्ट्रिय बजारलाई समेत ध्यानमा राखिएको यो चलचित्रको बिहिबार गीत, ट्रेलर, पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच गीत, ट्रेलर र पोष्टर सार्वजनिक गर्दै चलचित्र चैत १ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
सार्वजनिक ‘आकाशै घुमेर’ गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर्ड छन् । जेशन कुँवरको शब्द र संगीत रहेको गीतमा कुँवर र निकिता श्रेष्ठको स्वर रहेको छ । गीतमा विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ।
आफ्ना बुबाको खोजीमा नेपाल आएको युवाको मनोबैज्ञानिक र भौतिक द्वन्द्व चलचित्रको ट्रेलरले प्रतिविम्वित गरेको बुझ्न सकिन्छ । पेमा धोन्डुप निर्देशित चलचित्र सत्य घट्नाबाट प्रभावित भएको जनाइएको छ । चलचित्रलाई नकिम उद्दिनले निर्माण गरेका हुन । अंग्रेजी र नेपाली भाषामा बनेको चलचित्रले नेपालको सांस्कृतिक पक्षलाई शशक्त रुपमा देखाएको निर्माण पाट्नर नेपाल टुरीजम बोर्डका सिइओ दिपकराज जोशीले बताएका छन् । यस्तै निर्माता नकिम उद्दिनले नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु आतुर रहेको जनाए ।
एक्सन लभस्टोरी जनराको चलचित्रमा अमेरिकी कलाकार जोसे म्यानुअल, भारतिय कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी कलाकार हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, पारामिता आरएल राणा, कार्म, आमिर गौतम, सुनिता ठाकुरलगायतको अभिनय छ । चलचित्रमा कार्लोस मेडिनाको छायाँकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ । चलचित्र ४ करोडको लागतमा निर्माण भएको जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal