‘टेक तामाङ साङ्गीतिक साँझ’मा दिप देखि अस्मिता सम्म गुन्जिने
गीतकार टेक तामाङको ‘टेक तामाङ साङ्गीतिक साँझ –२०८२’आयोजना हुने भएको छ । गीतकार संघ नेपालको आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा असार १४ गते शनिबार साङ्गीतिक साँझ हुनेछ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) समेत रहेका तामाङका हालसम्म सयौँ गीतहरू रेकर्ड भएका छन् । साङ्गीतिक साँझमा उनले रचना गरेका १७ वटा लोकप्रिय गीतहरू प्रस्तुत हुने गीतकार संघले जनाएको छ ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज तथा नयाँ पुस्ताका गायक गायिकाहरुले साङ्गीतिक साँझमा गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायतका गायक गायिकाको स्वर उनका गीतमा गुन्जिने छ ।
वि.सं. २०५० सालमा पहिलो गीत ‘छाल आउँदा सम्झनाको’ ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् । उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रहहरु – ‘माटोको आवाज’, ‘नेपाल आमा’, राष्ट्रिय भावधाराका गीतीसंग्रह– ‘स्वदेश’, आधुनिक गीतीसंग्रहहरु – ‘जीवनसाथी’, ‘आमा’, ‘नाता’, भजनसंग्रह – ‘भक्तिसागर’, जस्ता कृति सार्वजनिक भइसकेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
