प्रदर्शनमा आयो चलचित्र ‘झरीपछिको इन्द्रेणी’

२०८२ पौष ४
प्रदर्शनमा आयो चलचित्र ‘झरीपछिको इन्द्रेणी’

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रले सुस्ताएको चलचित्र बजारलाई चलायमान गराउने अपेक्षा गरिएको छ । स्टारकास्ट र गीत ट्रेलरले दर्शकलाई आकर्षित गरेकाले फिल्मले बक्स अफिस चलायमान बनाउने अपेक्षा गरिएको छ । 

‘झरीपछिको इन्द्रेणी’ हास्य कलाकारको रुपमा परिचित अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशकिय चलचित्र हो । यो चलचित्रबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । चलचित्रमा उनी सहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्रका छायांकार बुद्ध थापा हुन् । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।