महोत्सवमा ‘आ बाट आमा’को प्रचार गर्दै पल र विपना

२०८२ पौष २
महोत्सवमा ‘आ बाट आमा’को प्रचार गर्दै पल र विपना

माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को प्रचारलाई तिब्र पारिएको छ । सोमबार पहिलो गीत रिलिज गरेको निर्माण टिम मंगलबारबाट अन्य प्रचारात्मक गतिबिधीमा केन्द्रित छ । यसै बिच मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले चलचित्रको प्रचार गरे। महोत्सवमा हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए। पल र विपनाले यही गीतमा प्रस्तुती समेत दिए ।

उक्त महोत्सवमामा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा औधि खुशी भएकी थिइन्। हजारौ दर्शकमाझ देखिएका पल र विपनाले चलचित्रको प्रचारका लागि कुनै कसुर बाँकी नराख्ने मुडमा देखिन्छन्। 

चन्द्र पन्तको कथा तथा निर्देशक रहेको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्। चलचित्रमा कोशिस क्षेत्री, बाबुल गिरी, र थानेश्वर गौतमको संगीत र गंभिर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ।

अभिमन्यू निरवीले लेखेको चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्। चलचित्रलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्।