‘बेहुली फ्रम मेघौली’ नारीकेन्द्रित कथाको रमाइलो चलचित्र भएको स्वस्तिमाको भनाई

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले प्रचार प्रसारलाई तिब्रता पारेको छ । अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र निर्माणमा डेब्यू भएकाले पनि उनका लागि अझ अझ विशेष छ । त्यसैले चलचित्रको प्रचारप्रसारमा सबैभन्दा बढि सक्रियता र उत्साह पनि उनलाई छ ।
स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान चलचित्र हो । यसको अर्थ परम्परागत रुपमा बुझिने रोधानधोनायूक्त नारीप्रधान चलचित्र भने होइन । चलचित्र प्रस्ताव गरिदा स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई पनि माथि भनिए जस्तै रोनाधोनायूक्त चलचित्र होला भन्ने ठानेकी थिइन । उनको हातमा स्क्रिप्ट दिदां चलचित्रका निर्देशक तथा लेखकद्वय साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’को (यद्यपी त्यतिबेलासम्म यो नाम तय भइसकेको थिएन) स्क्रिप्ट दिदां नारी पात्र केन्द्रित एउटा नारीप्रधान चलचित्र भएको बताएका थिए । त्यसैले उनलाई त्यस्तो लागेको थियो ।
जब उनले स्क्रिप्ट पढिन् चलचित्र नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको चलचित्र थियो । स्क्रिप्टमा चलचित्रकी मुल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नी बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छन् । अवस्था उनका लागि समस्यायूक्त तर दर्शकका लागि यो परिदृश्यमा निर्माण हुने परिस्थितिहरु मनोरञ्जक । त्यसैले स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो चलचित्र भनेर व्याख्या गरेकी हुन् ।
स्वस्तिमाको आग्रह छ - ‘बेहुली फ्रम मेघौली’लाई अन्य नारीप्रधान चलचित्र जस्तो मात्र नसोचियोस् ‘नारीप्रधान चलचित्र मात्र भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छन् । यो चाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने चलचित्र हो जहाँ एउटा खास विषयलाई लिएर रमाइलोसँग बनाएको चलचित्र हो’ उनले आफ्नो चलचित्रका बारेमा स्पष्ट पार्दै भनिन् ।
स्वस्तिमाका अनुसार चलचित्रले लगभग ३० वर्ष पुग्न लागेको केटीमान्छेलाई सामाजिक तहमा विवाहको लागि जस्तो दबाब हुन्छ त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर चलचित्रमा पेस गरिएको छ । स्वस्तिमाको कुरामा यस चलचित्रमा उनीसँग स्क्रिन सेयर गरिरहेका निश्चल बस्नेतको पनि समान धारणा छ । ‘यो परिवारसँग बसेर हेर्दा झन् महशुस गर्न सकिने चलचित्र हो । यसमा बिहे गरिसक्नु भएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने विवाह गर्न बाँकीहरुले योचाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरुले महशुस गर्नुहुनेछ ।’
चलचित्रमा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
Latest Updates
New Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak
Next Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri