यस्तो छ ‘मैझारो’मा दयाहाङको लुक्स
चलचित्र ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ । तस्विरमा दयाहाङ लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको अवस्थामा देखिएका हुन् ।
यसअघि चलचित्रमा दयाहाङ नरहने हल्ला समेत चलेको थियो । दयाले समय नदिएपछि उक्त भूमिकामा अर्का अभिनेता धिरज मगर भित्रिएको जनाइएको थियो । यद्यपी सार्वजनिक तस्विरले दयाले यो चलचित्रमा काम गरेको पुष्टि भएको छ ।
विल्सन बिक्रम राईको निर्देशन रहेको चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रेम कथामा आधारित यो फिचलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु लगायतको अभिनय रहेको छ ।
निर्देशक राईकै लेखनमा निर्माण भइरहेको चलचित्रको छायांकन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका बिभिन्न स्थलहरूमा भएको छ । चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत र राजेश पायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
