साउन १० मा ‘सुपर गोर्खे’
चलचित्र ‘सुपर गोर्खे’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र निर्माण भएको लामो समय सम्म पोष्ट प्रोडक्सनमा थन्किएको थियो । अब भने यो चलचित्र साउन १० गतेबाट प्रदर्शनमा आउने पक्का भएको निर्माण पक्षले जनाएको छ ।
राज थापाको निर्देशन रहेको चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राईलगायत कलाकारको अभिनय रहेको छ । इश्वरी सिंह ठकुरी, राम कृष्ण र सुदिपजंग थापाको लगानी रहेको चलचित्रमा सौरभ लामाको छायाँकन, राज थापाको कथा, किरण माइकलको पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु र फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी र बनिष शाह र सालिक दुलालको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal