‘नरसिंहा अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक

चलचित्र ‘नरसिंहा अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको गीत यसअघि चलचित्र ‘दैव संजोग’मा समावेश गीत हो । सोही गीतको मूलभाव नबिगारीकन रि–रेकर्डिङ्ग गरेर यो चलचित्रमा समावेश गरिएको हो ।
शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर रहेको गीतमा बाँस्कोटाकै शब्द र संगीत छ । पुरानो भर्सनमा शम्भुजित र देविका बन्दनाको स्वर थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायत नृत्य गर्दै देखिएका छन् ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा रहेको छ ।
चलचित्रमा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरी लगायतको पनि अभिनय रहेको छ । एक्सन जनराको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन र कथा रहेको छ ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi