Mansara

निगमको ‘भाइरल गोर्खे’मा सौगात

२०८१ बैशाख ४
निगमको ‘भाइरल गोर्खे’मा सौगात

निगम श्रेष्ठको निर्देशनमा चलचित्र ‘भाइरल गोर्खे’ बन्ने भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको शिर्ष भूमिकामा सौगात मल्लले अभिनय गर्ने छन् । पोस्टरमा पनि सौगातलाई चित्रित गरिएको छ । उनी दुईवटा राँगोमाथि खुट्टा राखेर बलिष्ठ पाखुरा देखाइरहेका छन् । उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने पात्रको कथामा चलचित्र बन्न लागेको संकेत पोस्टरले गरेको छ । सौगातले आफ्नो फेसबुक पेजमा पोस्टर सेअर गर्दै ‘हाँस्नलाई तयार हुनुस्’ भनेका छन् ।

बैशाख ६ गतेबाट छायांकन सुरु हुने जनाइएको चलचित्रमा सौगातका साथै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरीको पनि मुख्य भूमिका रहने जनाइएको छ । विशाल ताम्राकार र महेश लामिछाने निर्माता रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहने छ ।