कविता देखि क्रिकेट सम्म ‘मनसरा’

२०८१ बैशाख १६
कविता देखि क्रिकेट सम्म ‘मनसरा’

वैशाख २१ गते रिलिज हुने चलचित्र ‘मनसरा’ले प्रचारका लागि फरक शैली अपनाइरहेको छ । निर्माण टिमले चलचित्रलाई साहित्य र खेलसँग पनि जोडेर प्रचार गरिरहेको छ । कवि हुँदै चलचित्र लेखन र निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेकोले पनि चलचित्र प्रचारका लागि राष्ट्रव्यापी ‘कविता कन्सर्ट’ आयोजना गरिएको थियो । नेपालका प्रमुख शहरहरुमा आयोजना भएको कन्सर्ट शनिबार इटहरी पुगेर समाप्त भएको छ ।

दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको चलचित्र यता क्रिकेट मैदानमा पनि उपस्थित जनाएको छ । शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो । दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता गर्‍यो । यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो । उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता तथा सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरे । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रका सह निर्माता विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ हुन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ ।

LPT
Mansara