जेठ १० बाट पोस्पोन्ड भएको ‘दान्भी’ असार ७ मा

जेठ १० गतेबाट पोस्टपोन्ड भएको चलचित्र ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो चलचित्र असारको ७ गतेबाट रिलिज हुने भएको छ ।
उक्त मितिमा अहिलेसम्म कुनै पनि चलचित्रको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । चलचित्रमा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।
देव मगर र अनुप गडाल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । चलचित्र ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान चलचित्रमा नायिका पूजा शर्माको एक्सनले चर्चा पाइरहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal