लघु चलचित्र ‘सम्बन्धक्’ सार्वजनिक

सिद्धार्थ पुडासैनी निर्देशित लघु चलचित्र ‘सम्बन्धक्’ सार्वजनिक गरिएको छ । युट्युबमा रिलिज गरिएको चलचित्रमा दाजु, बहिनी र भाइको कथा प्रस्तुत गरिएको छ ।
बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन् । उसको योजनामा दाजु र भाइको भने साथ रहँदैन किनकि उनीहरू नेहामा निर्भर हुन्छन् । परिवारप्रतिको जिम्मेवारीकै कारण नेहाको विदेशीले योजना पूरा नहुने मोडमा पुग्छ । उनका लागि सम्बन्ध नै बन्धक बन्छ । बन्धनबाट फुत्कन नेहाले गर्ने संघर्ष सम्बन्धक्को कथा हो ।
चलचित्रको कथा लेखन र सम्पादन निर्देशक पुडासैनीले गरेका हुन् । चलचित्रमा मीरा खड्का, सन्देश शाक्य, सिमान्त पुडासैनी, आकांक्षा जिसी, सिद्दान्त पुडासैनी लगायतका कलाकारको अभिनय रहेको छ । टुनामुना प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा मनिस पोखरेल र क्षितिज कार्कीको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal