चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक

चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगाना बीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा मिरुना, राज र नीताका अलवा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।
चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ । चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal