एकाएक आक्रोशित भए धमला, वितरक माथी धमलाको यस्तो हमला

ऋषी धमला पत्रकारितामा चर्चित नाम हो । तर चलचित्र निर्माणमा उनी नयाँ छन । पहिलो पटक चलचित्र अनुराग बनाए धमलाले । शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएको छ ।
चलचित्रको प्रचारमा दिलोज्यान लगाएर खटेका धमलाको खट्न रोकिएको छैन । बरु चलचित्र प्रदर्शन पछि उनको छट्पटि बढीरहेको छ ।
शनिबार दिउँसो साढे ३ बजे धमला सिटी सेन्टरमा भेटिए । उनी सिटी सेन्टरको तल कसैसँग फोनमा कुरा गर्दै छट्पटि रहेका थिए । एकैछिनमा थाहा भयो नेकपाका नेता झलनाथ खनाल समयमा नआएर उनको छट्पटि बढेको रहेछ ।
बिग मुभिजमा खनालले धमलाको चलचित्र अनुराग हेर्ने तय भएको रहेछ तर खनाल समयमा नआइदिएपछि उनी केही तनाबमा देखिन्थे । फोनमा कसैसँग आग्रह गर्दै थिए । पूर्व प्रधानमन्त्री जस्तो मान्छे हो उहाँ । उहाँ नआइ कसरी फिल्म शुरु गर्ने, अझै १० मिनेट शुरु नगर्नु । उताबाट के जवाफ आयो त्यो त थाहा भएन । तर धमलाको मोबाइलमा अर्को फोन आयो ।
धमलाले सोधे कस्तो छ ल भनिहाल्नुस् त, उताबाट बोल्ने को थिए थाहा भएन तर धमलाले गोपीमा हाउसफूल, अष्टमा पनि हाउसफूल अनि त्यो बिएसआरमा के भयो ? भनि सोधेको भने सुनियो । उताबाट जवाफ आएछ त्यहाँ जम्मा ७० जना मान्छे छन् अहिलेको शो मा । धमला हामी तिर हेरेर सोधे बिएसआरमा ७० जना छन् रे अहिलेको शो मा । यो उपस्थिति राम्रो हो कि कस्तो हो ?
धमलाको यो प्रश्नमा उनको इमान्दारिता झल्कन्थ्यो । किनकी उनले सबैतिर हाउसफूल छ भनेर गफ दिएन् हामीसँग । बरु हलमा आएको मान्छेको उपस्थितिका आधारमा त्यसलाई राम्रो मान्ने कि नमान्ने भनेर सोधे ।
धमला हामीसँग गफिदै थिए । ३ जना प्रहरीहरु आए । ऋषीलाई नमस्कार गरे । धमलाले पूर्वप्रधानमन्त्री आउँदै गरेको जानकारी दिदै थिए केही युवाहरु ऋषीसँग फोटो खिच्न भन्दै आइपुगे । धमलाले उनहिरुको इच्छा पनि पुरा गरिदिए ।
धमला फेरी हामीसँग गफिदै थिए । चलचित्रलाई दर्शकहरुले मन पराएको बताउँदै थिए । तर, आफुले सोचे जस्तो प्रचार गर्न नसक्दा धेरै मान्छेलाई अनुराग बारे थाहा हुन नसकेको पनि भन्दै थिए । यत्तिकैमा उनले कसैलाई फोन गरे । उनले झलनाथ खनाल चलचित्र हेर्न आउदै गरेको जानकारी दिदै मिडियालाई पठाइदिन आग्रह गरे ।
झलनाथ अझै आइपुगेका थिएनन् । उनले चलचित्र क्षेत्रको बारेमा हामीसँग अरु केही कुरा गर्न थाले । एउटा चलचित्रको आयु जन्मिनु अघि नै अरुले तोक्ने गरेको भन्दै गुनासो गरे । एक त एउटै हप्तामा ३–४ वटा चलचित्र रिलिज हुने अनि अर्को हप्ता फेरि त्यही क्रम दोहोरिने हुँदा चलचित्रको आयु एक हप्ताको हुने उनको बुझाई रहेछ ।
यत्तिकैमा केही पर झलनाथ खनालको गाडी देखियो । धमला पछि कुरा गरौंला है भन्दै झलनाथलाई स्वागत गर्न गए ।
चलचित्रको शो सकिदै गर्दा हलमा केही मिडिया उपस्थित भइसकेका थिए । शुरुमा नेकपाका नेता खनालले मिडियालाई प्रतिक्रिया दिए । धमला आफैले प्रश्न गरे, खनालले चलचित्रको तारिफ गरे । आफ्नो कोटको खल्तिबाट आइफोन निकाले अनि अनुराग टिमसँग तस्विर खिचाए । त्यसपछि विदा भए ।
पालो थियो धमलाको । मिडियाले धमलामाथी चलचित्रको व्यपारलाई लिएर प्रश्न गर्दै थिए । धमला एकाएक आक्रोशित भए । उनको आक्रोश वितरक माथी थियो । उनले वितरकहरुले चलचित्र हलको राम्रोसँग व्यवस्थापन गर्न नसकेको गनुासो गरे । उनले नेपालमा सबैभन्दा बढी राजनीति वितरकले नै गर्ने गरेको आरोप समेत लगाए । धमला रोकिएनन् चेतावनी दिदै भने – ‘म एक एक गरि कुरा गर्छु । अनुरागलाई हलमा राम्रोसँग चलाउनु भएन, बाध्य भएर मात्र चलाउनु भयो ।’
उनले आफ्नो चलचित्रसँग अन्य चलचित्र नचलाउने प्रतिवद्धता जनाएका वितरकहरुले नै सोही मितिमा अर्को चलचित्र पनि प्रदर्शनमा ल्याएको भन्दै आक्रोश पोखेका हुन । वितरकहरुसँग सम्झौता हुँदा कलाकार दिपकराज गिरी पनि सँगै रहेको भन्दै आफु झुट बोलेको भए उनलाई सोध्न समेत आग्रह गरे । धमलाले आगामी दिनमा आफु वितरकको बद्मासी बिरुद्ध खुलेर लड्ने उद्घोष समेत गरेका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal