चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

२०८० मंसिर १
चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्रलाई यज्ञजंग विके (आयुष बिसी)ले निर्देशन गरेका हुन् ।

चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे, वीरेन्द यादवलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको बताए ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सम्राट थापाको पाश्र्व संगीत, राज गौतमको सहायक निर्देशन र सुजन विश्वकर्माको छायांकन छ । चाँडै नै प्रदर्शन मिति चाँडै घोषणा गरिने जनाइएको चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् ।