जनकपुरबाट सुरु भयो ‘रावायण’को छायांकन

२०८१ बैशाख १०
जनकपुरबाट सुरु भयो ‘रावायण’को छायांकन

चलचित्र ‘रावायण’को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो । मुहूर्तमा निर्देशक सुदर्शन थापासहित कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी थिए ।

मुर्हत लगत्तै जनकपुरको रेल्वे स्टेशनबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको पहिलो दृश्य नै एक्सन खिचिएको छ । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी प्राप्त छ । अधिकांश छायांकन सर्लाहीमै हुने चलचित्रमा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । 

एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले संयुक्तरुपमा निर्माण गर्दैछन् । भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको  चलचित्रमा शिवम् अधिकारीको लेखन र सौरभ लामाले छायाँकन रहेको छ ।