चलचित्र ‘रंगी’को स्क्रिप्ट पुजा, छायाँकन भने कार्तिक ५ बाट

चलचित्र ‘रंगी’को स्क्रिप्ट पुजा गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । स्क्रिप्ट पुजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो । चलचित्रको छायाँकन भने कार्तिक ५ गतेबाट सुरु हुनेछ ।
सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता सलोन बस्नेत हुन् । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal