गायक श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । ५ दशकदेखि सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक श्रेष्ठलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने भएको हो । प्रतिष्ठानले २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित उनलाई सम्मान गरिने जनाएको छ ।
४०० सयभन्दा बढी गीतमा स्वर दिएका श्रेष्ठले १८ वर्षको उमेरमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गर्दै साङ्गीतिक करियर शुरु गरेका थिए । श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए ।
प्रतिष्ठानले असार ११ गते राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा सम्मान र पुरस्कार प्रदान गर्ने जनाएको छ । सोही अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रंगकर्मी हरिबहादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यस्तै, खोज तथा अनुसन्धान नृत्य विधातर्फ कृष्णप्रसाद पौडेल (नृत्यानन्द), नारायण रायमाझी र कुशेश्वरप्रसाद राईलाई पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ र ताम्रपत्र छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
