‘मोहर’को गीतमा पल र नीतिको प्रेम

२०८२ आषाढ ५
‘मोहर’को गीतमा पल र नीतिको प्रेम

चलचित्र ‘मोहर’को गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । साउन २३ गतेबाट रिलिजमा हुने चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा प्रमोद ढुंगानाको शब्द, सुरेश अधिकारीको संगीत र शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र नीति शाह फिचर्ड छन् । भिडियोमा दुई पात्र बिचको प्रेम भाव छल्किएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल र नीति सहित अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, बाल–कलाकार सारा शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्म मेकर्स प्रा.लि.को व्यानरमा बनेको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रका लाइन प्रोड्यूसर रोशन जंग शाही हुन् ।