‘झिँगेदाउ २’ केकी र आँचल अनुबन्धित
२०७९ सालको सफल चलचित्र ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’ निर्माण हुने पक्का भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अनुबन्धित भएका छन् । उनीहरु ‘झिँगेदाउ’मा बुहारीको भूमिकामा थिए ।
सिक्वेलमा केकी र आँचल सहित अघिल्लो श्रृंखलाकै केही कलाकार दोहोरिने जनाइएको छ । अभिनेतामा मुकुन भुसाल र कुशल विष्ट पनि दोहोरिने निश्चित भइसकेको बताइन्छ । साथै पछिल्लो समयका केही चर्चित कलाकारलाई समेत अन्बन्धित गर्न तयारीमा निर्देशक देउजा रहेको बुझिएको छ ।
विवाहपछि दुई छोराबीचको झगडाका कारण आमा निराश भएर वृद्धाश्रम गएसँगै ‘झिँगेदाउ’को कथा सकिएको थियो । सिक्वेलको कथा त्यही बिन्दुबाट उठान हुने निर्देशक देउजाले बताए । महेश दवाडीको लेखन रहने चलचित्रको सेटअप ग्रामीण परिवेशको रहनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
