कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री इचिमिया
कृषा चौलागाईको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छिन । केही समय अघि नै उनले यो चलचित्रमा काम गर्ने समाचार सार्वजनिक भएको थियो । यद्यपी निर्माण पक्षले विहिबार औपचारिक रुपमा उक्त कुराको पुष्टि गरेको हो ।
निर्माण पक्षले बिहिबार इचिमियाको पोस्टर सहितको टिममा आवद्ध भएको जनाएको हो । सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी इचिमियाको शालीनता र सुन्दरता छल्किएको छ ।
यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रमा उज्ज्वल गुरागाँइको लगानी रहने छ । चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने गुरागाईले जनाएका छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्र सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।
इचिमिया जापनमा सक्रिय रूपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
