बिहिबारको ब्यापार – ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दुबै अब्बल

आजबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘फर्की फर्की’ र ‘पुजार सार्की’को ब्यापार सुखद देखिएको छ । बिहानैदेखि हलमा दर्शकको उपस्थिति उत्साहजनक छ । आक्रामक पब्लिसिटी र स्टारकाष्टका कारण हलमा आएका दर्शकले चलचित्रप्रति सुखद प्रतिक्रिया दिएका छन् । जसका कारण दिउँसोका धेरै शो हाउसफुल रहे भने बेलुकीको शोको बुकिङ पनि लगभग शत प्रतिशत जस्तै देखिएको छ ।
धेरै चलचित्र पण्डितहरुले दुई ठुला चलचित्र एकसाथ रिलिज हुँदा ब्यापारमा त्यसको असर पर्ने विश्लेषण गरेका थिए । यद्यपी आजको व्यवसायिक रिपोर्ट हेर्दा दुबै चलचित्र हेर्न दर्शकको उपस्थिति बाक्लो छ । यता दुबै चलचित्रका कलाकारहरु हलहलमा पुगेर दर्शकसँग अन्र्तक्रिया समेत गरेका छन् । दर्शकलाई धन्यबाद दिदै उनीहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिइहरहेका छन् ।
‘फर्की फर्की’ टाइम लुप जनराको लभस्टोरी चलचित्र हो भने ‘पुजार सार्की’ जातिय विभेद बिरुद्धको सामाजिक कथा हो । खासगरि नयाँ नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शन हुने चलन रहे पनि यसपटक बुद्धजयन्तीको सार्वजनिक विदाको अवसरमा बिहिबार नै प्रदर्शनमा आएका थिए । दुबै चलचित्रले सार्वजनिक विदाको प्रचुर लाभ उठाएका छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिका रहेको छ । यस्तै दिनेश राउतको निर्देशन रहेको ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परीक्षा लिम्बूको मुख्य भूमिका छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal