३६ दिनमा सकियो 'जारी २’को छायांकन
उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । पाँचथरमा छायाँकन गरिएको चलचित्रको ३६ औं दिनमा प्याकअप गरिएको हो ।
छायांकन सकिएसँगै निर्माण टिमले कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ । चलचित्र बडादशैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ ।
‘सङ्ग अफ च्याब्रुङ’ ट्याग लाइन् राखिएको चलचित्रमा निर्देशक सुब्बाको नै लेखन रहको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
