दिनेश राउतको निर्देशनमा ‘पुजार सार्की’ बन्ने

२०८० मंसिर ७
दिनेश राउतको निर्देशनमा ‘पुजार सार्की’ बन्ने

निर्देशक दिनेश राउतले चलचित्र ‘पुजार सार्की’ निर्माणको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत उनले आफ्नो सातौं चलचित्र घोषणा गरेका हुन् । वास्तविक कथा र पात्रबाट प्रभावित भएर निर्माण हुन लागेको चलचित्रको छायांकन आगामी माघ महिनाको पहिलो साताबाट सुरु हुने उनले जानकारी गराएका छन् ।

बिकास सुबेदीको लेखन रहने चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन् । यसअघि निर्देशक राउत र लेखक सुवेदीबीच ‘प्रकाश’मा सहकार्य भएको थियो । किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

दिनेशले यसअघि  ‘प्रकाश’, ‘प्रसाद’, ‘पर्व’, क्लासिक’, नोभेम्बर रेन’ र ‘आइ एम सरी’को निर्देशन गरेका थिए ।

Mahajatra