‘पशुपति प्रसाद २ः भष्मे डन’को ‘प्रेम शरणम्’

कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ । र्यापको समिश्रण रहेको गीतमा कृष्ण भारद्धाजको संगीत, सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना र काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । संगीतकार भारद्धाज आफैले र्यापमा स्वर दिएका छन् भने भिडियोमा प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको छ ।
दर्शकमाझ प्रतिक्षित रहेको चलचित्र ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal