गीत सार्वजनिक गर्दै ‘पर्खी बसें तिमीलाई’को प्रदर्शन मिति घोषणा

२०८० कार्तिक २५
गीत सार्वजनिक गर्दै ‘पर्खी बसें तिमीलाई’को प्रदर्शन मिति घोषणा

‘पर्खी बसें तिमीलाई’ पुष २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा समाबेश ‘कालो चस्मा लाउ है मैया’बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन घोषणा गरिएको हो ।

दीपक श्रेष्ठ निर्देशित चलचित्रमा समाबेश यो रिमेक गीत हो । चलचित्र ‘बादलपारी’मा समावेश लोकप्रिय गीतलाई रिमेक गरेर यो चलचित्रमा समावेश गरिएको हो । गीतमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ भने प्रमोद खरेल र मिलन नेवारले गाएका छन् । ओरिजिनल गीतमा उदित नारायण झा र दिपा झाको स्वर रहेको थियो । पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् भने यसै चलचित्रबाट डेब्यु गरेका कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकीको नृत्य रहेको छ ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई, मनिष श्रेष्ठ र अनिशा रसाइली लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण तथा कोमल गुरुङको सह–निर्माण रहेको छ ।

परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन रहेको चलचित्रमा संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।