विजयको निर्देशनमा ‘परिवर्तन’ बन्ने

विजय केरुङको निर्देशनमा चलचित्र ‘परिवर्तन’ बन्ने भएको छ । चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने निर्देशक केरुङले जनाएका छन् ।
चलचित्रमा अञ्जना बराइली, सुशील श्रेष्ठ, सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन र पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् ।
आगामी साताबाट पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने जनाइएको छ । निर्माण पक्षले यसै वर्षभित्र चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal