चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक

राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो चलचित्रको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ ।
आगामी भाद्र १ गतेबाट प्रदर्शन हुने चलचित्रको टिजरमा कलाकारद्वय गौरव पहारी र नम्रता सापकोटा बिचको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ । टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ । नारायण खातीको शब्द, कथा तथा प्रस्तुति रहेको चलचित्रमा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi