चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायाँकन गरिएको चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए । चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन् ।
चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा, प्रमोद कार्कीको छायाँकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम हुन् । यस्तै निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन् ।
चलचित्र जेठ २६ गतेबाट प्रदर्शनमा आउने छ ।
Latest Updates
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi