चन्द्रको ‘आ बाट आमा’मा विपनापछि पल शाह अनुबन्धित
चलचित्र ‘आ बाट आमा’मा पल शाह अनुबन्धित भएका छन् । चलचित्रका लागि निर्देशक चन्द्र पन्त र अभिनेता शाह बिच औपचारिक सम्झौता भएको हो ।
शाहले चलचित्रको स्क्रिप्ट मन परेकाले काम गर्न राजी भएको बताए । उनले भने – ‘सबैभन्दा पहिला त चलचित्रको स्क्रिप्ट मन पर्यो मलाई । स्क्रिप्ट एकदमै इमोसनल छ । अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ । त्यसैले पनि मैले काम गर्न लागेको हो ।’
चलचित्रमा आफ्नो क्यारेक्टरको बारेमा उनले जानकारी दिन चाहेनन् । यसअघि चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री विपना थापा अनुबन्धित भइसकेकी छन् । चलचित्रमा पल उनकै छोराको भूमिकामा देखिन लागेको बुझिएको छ ।
अभिमन्यू निरवीको लेखन रहेको चलचित्रका अन्य कलाकार तथा प्राबिधिकहरु सार्वजनिक नगरिए पनि फाल्गुन १५ गतेबाट प्रदर्शन मिति तोकिएको् छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
