सेन्सर बोर्ड सदस्यमा गिरी र मैनाली नियुक्त
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा चलचित्र पत्रकार कुबेर गिरी र चलचित्रकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त भएका छन् ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उनीहरु २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त भएका हुन् । बुधबार उनीहरुले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट नियुक्ति पत्र बुझेका छन् ।
चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरी दुई दशक लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । उनी विभिन्न पत्रिका, नेपाल टेलिभिजन हुँदै पछिल्लो समय रातोपाटी डटकममा कार्यरत छन् ।
यस्तै मैनाली दुई दशक लामो समय देखि कलाकार, लेखक र निर्देशकका रुपमा चलचित्र क्षेत्र सक्रिय छिन । उनी अभिनित पछिल्लो चलचित्र ‘खेल’ हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
