चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, विहिबारबाट छायांकन

२०८२ जेष्ठ २०
चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, विहिबारबाट छायांकन

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज पूजा गर्दै शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा चलचित्र कलाकार र प्राविधिकको उपस्थिति थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते विहिबारबाट सुरु हुने जनाइएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ ।

बलिराम चौहानको निर्देशन रहने चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी र बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्र स्काइफल पिक्चर्सको ब्इानरमा बन्नेछ । रमन ग्रे सहनिर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन रहने छ ।