‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ प्रदर्शन

आजबाट दुई नेपाली चलचित्र ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका दुबै चलचित्रको अग्रीम बुकिङ सन्तोषजनक छ ।
दीपेन्द्र लामाले निर्देशन गरेको ‘नांगो गाउँ’ले गाउँको राजनीतिलाई मुख्य कथावस्तु बनाएको छ । दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रविन्द्र झालगायतको अभिनय रहेको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । बुधबार साँझ राजधानीमा सम्पन्न प्रिमियरमा चलचित्रले प्रसंसा बटुलेको छ ।
यस्तै ‘एक भगवत् र एक गीता’ पनि सामाजिक कथा बस्तुकै चलचित्र हो । झरना थापा निर्देशित चलचित्रमा बिपिन कार्की, सुहाना थापा, धीरज मगरको शीर्ष भूमिका छ । जनकपुर आसपासको परिवेशलाई आधार बनाएर कथा भनिएको चलचित्रको प्रचार सामग्रीहरु लोकप्रिय छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal