‘जलाकी’मा भित्रिएकी अभिनेत्री मास्के

चलचित्र ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के भित्रिएकी छन् । पहिलो चरणको छायाँकन यसअघि नै सकिएको चलचित्रको दोस्रो चरणको छायाँकनमा मास्केले सहभागी हुनेछिन । यसअघि अभिनेता धिरज मगर पनि दोस्रो चरणको छायाँकनका लागि जोडिएका छन् ।
अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको सम्पन्न भइसकेको छ । अशोक थापा मगरको निर्देशन रहेको चलचित्रमा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । नेपालसहित दक्षिण कोरियामा समेत छायांकन हुने जनाइएको चलचित्रमा निर्देशक मगर स्वयंको लेखन छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal