पश्चिमा संस्कृतिको प्रभाव बढेकोमा मन्त्री रेग्मीको चिन्ता

नयाँ पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले चिन्ता व्यक्त गरेकी छन् । मंगलबार सम्पन्न दोस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा मन्त्रीले उक्त चिन्ता ब्यक्त गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपाली मौलिक कला र संस्कृति संरक्षणमा ध्यान सबैले दिनुपर्ने बेला बताएकी छिन । उनले नेपालको पहिचानको रुपमा रहेका मौलिक कला र संस्कृति जगेर्नाका लागि कलाकर्मीको अहम् भूमिका हुने भन्दै त्सतर्फ सचेत रहन समेत आग्रह गरेकी छिन । उनले भनिन – ‘सरकारले आफ्नो संस्कृतिलाई बिशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदासमेत दिने गरिएको छ,’ मन्त्री रेग्मीले भनिन्, ‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढी देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने हो कि भन्ने चिन्ताको विषय छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’
कार्यक्रममा कला, साहित्य, संगीत, पत्रकारिता लगायत बिभिन्न बिधाका व्यक्तिहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak