‘मोहर’को प्रचारमा पल र बेनिशा, बुटबलमा दर्शकसँग साक्षात्कार
साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’को प्रचारलाई तिब्र पारिएको छ । चलचित्रको प्रचारका लागि कलाकारहरु पल शाह, बेनिशा हमाललगायत बिभिन्न स्थानमा पुगेर दर्शकसँग साक्षात्कारमा जुटेका छन् ।
चलचित्रको प्रचारका लागि यतिबेला पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग चलचित्रको बिषयमा साक्षात्कार गरेका छन् । टिममा लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेलगायत सहभागी छन् । उनीहरुले बुटवलका बिभिन्न क्याम्पस र स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको छ ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए । पलले भने–‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’
देउकी प्रथामा आधारित रहेर तयार पारिएको चलचित्रमा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
