चाम्सको ‘सुम्निमा’मा बमजन
चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्रको मुख्य पात्र मध्ये एकमा उनी अनुबन्धित भएका हुन् । चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन् । चलचित्रमा ठकुरीसँगै बमजनको अनस्कृन जोडी देखिनेछ ।
अभिनेता बमजनले चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा भएको बताए । चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको छायाँकन आगामी अगस्टमा लण्डन र नेपालमा हुने जनाइएको छ ।
चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै चलचित्र तयार पारिनेछ । चलचित्रलाई राजीव थापाले लेखिरहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
