चलचित्र ‘अभिमन्युः च्याप्टर–१’मा यस्तो देखिए कामेश्वर

२०८२ आषाढ ३०
चलचित्र ‘अभिमन्युः च्याप्टर–१’मा यस्तो देखिए कामेश्वर

कामेश्वर चौरासियालाई प्रस्तुत गर्दै चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा कामेश्वर खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि खैरो रङको मनी ब्याग छ । पोष्टरले चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने संकेत गरेको छ ।

सुशान्त गौतमको निर्देशन रहेको चलचित्रमा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्र भदौ २७ गते रिलिज हुँदै छ । यसको हिन्दी भर्सन भने असोज ६  मा रिलिज हुँने जनाइएको छ ।

चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ र कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको चलचित्रमा मुकेश खनालको लेखन, शरद महतोको डिओपी र मदन घिमिरेको सम्पादन रहेको छ ।