दीपेन्द्रको निर्देशनमा ‘मुनामदनको ब्रेकअप’ निर्माण हुने
चलचित्र ‘मुनामदनको ब्रेकअप’ निर्माणको घोषणा गरिएको छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहने चलचित्रमा दीपेन्द्र लामाको निर्देशन र सामीप्यराज तिमल्सेनाको पटकथा रहने जनाइएको छ ।
पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको चलचित्र ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । चलचित्रमा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक चलचित्र ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए ।
निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘चलचित्रको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय चलचित्र ‘घामपानी’ देखि ‘दुखी आत्मा’सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक चलचित्रका रुपमा तयार पार्ने सोचमा छन् ।
चलचित्रका लेखक तिमल्सेनाले चलचित्रमा ग्रामीण परिवेशको प्रेमकथा हेर्न पाइने गराए । अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् ।
कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा चलचित्रको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
