विल्सनको ‘मैझारो’मा दिया अनुबन्धित
अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर चलचित्रका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि चलचित्रमा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईले भने, ‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।’
‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । चलचित्रको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ ।
चलचित्रमा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् । गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतको स्वर रहनेछ । छायांकन सौरभ लामाले गर्ने भएका छन् । निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो । यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो । ‘मैझारो’ मार्फत कम्पनीले ठुलो पर्दामा फिचर चलचित्रमा पाइला टेक्न लागेको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
