चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज

कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा दयाहाङ्ग राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, बिप्लव प्रतिक लगायतको अभिनय रहेको छ । लिम्बु संसकृतिको पालम वरिपरि घुमेको चलचित्रमा निर्देशक सुब्बाकै लेखन रहेको छ भने शैलेन्द्र ध्वज कार्की निर्माता तथा छायाँकार हुन् ।
यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता हुन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi